arrow

प्रधानमन्त्रीको स्पेन भ्रमणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
home-ministry-nepal.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरू पनि गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले आइतबार गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन दिएका हुन्।

"प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु," मन्त्री लेखकले भने, "स्पेन जान भिजिट भिसाको प्रबन्ध कसले गऱ्यो? लगायतका विषयमा अनुसन्धान हुनेछ।"

यो विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछन्। गृहमन्त्री लेखकले "यस विषयमा दोषी देखिएकालाई कारबाही गरिनेछ" भनेका छन्। प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ