इङ्गल्याण्डमाथि जित निकाल्न भारतलाई जम्मा १९३ रनको चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
687
Shares
काठमाडौँ । भारत र इङ्गल्याण्डबीचको तेस्रो टेष्ट क्रिकेट लण्डनमा जारी रहेको छ । जितका लागि भारतले जम्मा १९३ रनको चुनौती पछ्याइरहेको छ ।
पहिलो इनिङ्समा समान ३८७ रन बनाएकामा दोस्रो इनिङ्समा इङ्गल्याण्ड ६२.१ ओभरमात्र क्रिजमा टिकेर १९२ रनमै समेटियो ।
जो रुटले सर्वाधिक ४० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा वासिंगटन सुन्दरले ४ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले २–२ विकेट लिए । नितिशकुमार रेड्डी र आकाश दीपले १–१ विकेट लिए ।
जवाफमा भारत मैदानमा उत्रिइसकेको छ । भारतले खराब शुरुआत गर्दै ५ रन जोड्दा ओपनर यशस्वि जैसवाललाई गुमायो ।
यसअघि लण्डनको मैदानमा टस जितेर इङ्गल्याण्डले पहिले ब्याटिङ गर्दै ३८७ रन बनायो । इङ्गल्याण्डका लाग जो रुटले १०४ रन बनाए । ब्राइडन कार्सले ५६ तथा जमाइ स्मिथले ५१ रन जोडे ।
जसप्रित बुमराहले ५ तथा मोहम्मद सिराज र नितिशले समान २–२ विकेट लिए ।
जवाफमा भारतले पनि समान ३८७ रन बनायो । केएल राहुलले १००, ऋषभ पन्तले ७४ तथा रविन्द्र जडेजाले ७२ रन बनाए ।