arrow

यो सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु मूर्खता हो: माओवादी उपमहासचिव बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
shakti-basnet-07-02.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्ति बस्नेतले वर्तमान सरकारबाट सुशासन र स्थायित्वको अपेक्षा गर्नु ’मूर्खता’ हुने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार अनियमितताको ढाकछोप गर्न बनेको आरोप लगाए।

सांसद बस्नेतले सरकारले आफूहरू सुशासन कायम गर्न र राजनीतिक स्थायित्व दिन बनेको भने पनि अहिलेसम्म त्यो पुष्टि हुन नसकेको बताए। उनले संविधान संशोधन, राजनीतिक स्थिरता जस्ता विषयमा यो सरकारबाट अपेक्षा गर्नु नै अब मूर्खता भइसकेको जिकिर गरे।

बस्नेतले भने, "हामीले भन्दै आएको कुरा के हो भने यो सरकार सुशासन कायम गर्नको लागि होइन। यि त देखिँदै आएका छन्। अरु आर्थिक विकासका दृष्टिले होस्। संविधान संशोधन गर्ने, राजनीतिक स्थिरता कायम गर्ने विषयहरू थिए, यि सबै विषयहरूमा सरकारबाट अपेक्षा गर्नु नै मूर्खता हो जस्तो भइसक्यो।"

उनले सरकारले आफ्नो औचित्य गुमाउँदै गएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ