arrow

ट्रम्पको कर निर्णयको ईयूद्वारा चर्को आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
european-union-eu.jpg

काठमाडौं। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली सङ्घ (ईयू) को निर्यातमा ३० प्रतिशत कर लगाउने वाशिङ्टनको निर्णयको कडा आलोचना गरेकी छन्। उनले आवश्यक परेमा ईयूले पनि अमेरिकासँग ’पारस्परिक कर’ लगाउने चेतावनी समेत दिएकी हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले ईयू निर्यातमा ३० प्रतिशत कर लगाउने बताएको अघिल्लो घोषणापछि भोन डेर लेयनको यो अभिव्यक्ति आएको हो।

भोन डेर लेयनले यस्तो कर लगाउनाले अत्यावश्यक ट्रान्सएटलान्टिक आपूर्ति श्रृङ्खलाहरूलाई गम्भीर बाधा पुर्‍याउने बताएकी छन्। उनको भनाइले ट्रम्प प्रशासनको पछिल्लो व्यापार नीतिले विश्वव्यापी व्यापार सम्बन्धमा थप तनाव उत्पन्न गरेको संकेत गर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ