arrow

कपिलवस्तुमा बस दुर्घटना हुँदा २९ जना घाइते

logo
नारायण वली,
प्रकाशित २०८२ असार २९ आइतबार
bus-accident-82-3-29a.jpg

लुम्बिनी । काठमाडौँबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा उनान्तीस जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

 लु.प्र.०२००१ख००४५ नम्बरको बस बिहान पौने ४ बजे चन्द्रौटा र गोरुसिंगे बीचको जंगलमा पर्ने बेल नदी नजिक दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक टंक चुँदालीले जनाएका छन् ।

ट्राफिक प्रमुख चुँदालीका अनुसार बसमा सवार कतिजना थिए भन्ने नखुले पनि तीन जनाको अवस्था गम्भीर रहेको, पाँच जना सामान्य र २४ घाइते भएका छन् । 
 
गम्भीर भएका घाइतेहरुको उपचारका लागि बुटवल रिफर गरिएको र २१ जनाको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको बताए । 

दुर्घटनाको प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने देखिएको दुर्घटनापछि घटनास्थलमा नभएका चालक अहिले सम्पर्कमा आएकाले दुर्घटनाको कारण खुल्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ