arrow

जीप दुर्घटनामा चालकसहित दुईको मृत्यु, छ घाइतेमध्ये दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २८ शनिबार
accident-final.jpg

बैतडी । बैतडीमा आज बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको गएको भएको छ भने छ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जीप चालक डिलासैनी गाउँपालिका वडा नं १ नगराउ २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरी छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरी पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएकामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेमा डिलासैनी गाउँपालिकावडा नं १ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्रबहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, दुई वर्षीया एलिशा खत्री र २५ वर्षीय हेमन्तप्रसाद भट्ट छन् ।

उनीहरुमध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

डीएसपी जोराका अनुसार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका वडा नं ६ को खिपाली मोडमा आज बिहान करिब ६ बजे सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ