बाढी–पहिरो पीडितको उद्धार र राहतमा गम्भीर हुन माओवादी केन्द्रको सरकारलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
613
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले हालै देशका विभिन्न भागमा आएको बाढी र पहिरोबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणमा गम्भीरताका साथ लाग्न सरकारलाई आग्रह गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले यो आग्रह गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले जनताको जीउधनको रक्षा गर्न र जोखिम हुनबाट जोगाउनका लागि पूर्वतयारीमा लाग्न सरकारसँग माग गरेको बताए।
प्रवक्ता सापकोटाले साउन ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने निर्णय भएको पनि जानकारी दिए।
त्यस्तै, सङ्घीय निजामती ऐनमा कुलिङ पिरियड छेडखानी सम्बन्धमा समितिमा भएको सहमतिअनुसार नै राष्ट्रिय सभाबाट पारित गर्नेतर्फ पहलकदमी लिने बारेमा पनि बैठकमा छलफल भएको उनले बताए। कुलिङ पिरियड छेडखानीबारे बनेको संसदीय छानबिन समितिको संयोजक ठूलो पार्टीले गर्ने र अरू सदस्य हुने कुरा परम्पराअनुसार नै रहेको भन्दै सापकोटाले त्यसलाई आफूहरूले स्वाभाविक रूपमा लिएको बताए।