arrow

बसको ठक्करबाट महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
accident-final.jpg

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका ५५ वर्षिया द्रोपति भट्टको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । 

बसको ठक्करबाट घाइते भएका उनको उचारका क्रममा धनगढीस्थित निर्सग अस्पतालमा मृत्यु भएको हो । 

बेलौरीबाट महेन्द्रनगरतर्फ फर्किदै गरेको सु.प.प्र.००१ ख ९२९ नम्बरको बसले सडक छेउमा हिँडिरहेका भट्टलाई ठक्कर दिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ