काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २३औँ वार्षिक प्रतिवेदन सर्वसम्मतिका साथ पारित गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यो निर्णय गरेको हो।
समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, समितिले गरेका काम कारबाहीहरूको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले प्रतिवेदन पारित गरिएको हो। प्रतिवेदनमा बेरुजु फछ्र्यौटका कामहरू तथा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू उल्लेख गरिएको छ।
समितिको २३औँ वार्षिक प्रतिवेदन यही असार ३१ गते सदनमा पेस गर्ने तयारी रहेको छ।