वीरगञ्जमा पौडी पोखरीमा डुबेर नौ वर्षीय बालकको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
409
Shares
वीरगञ्ज। वीरगञ्जमा पौडी सिक्न गएका एक ९ वर्षीय बालकको डुबेर मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–११ रानीघाटका बजरङ्गी रौनियार यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको पौडी पोखरीमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको जानकारी दिए। मिश्रका अनुसार, "अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ।" घटनाबारे प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको उनले बताए।