arrow

प्रतिनिधि सभामा खेलकुदमन्त्री

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित: भौतिक पूर्वाधार र मौसम प्रमुख कारण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
tejulal-chaudharys.jpg

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन्। उनले प्रतियोगिता सञ्चालनका लागि उपयुक्त मौसम नभएको र भौतिक पूर्वाधारको अवस्था कमजोर भएकोले हाललाई स्थगित गरिएको बताए।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले सरोकारवालाहरूबाट प्राप्त सुझाव र जानकारीलाई समेत ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको स्पष्ट पारे। उनले प्रतियोगिता सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटसमेत विनियोजन भइसकेको उल्लेख गर्दै प्रतियोगिता आगामी वर्षमा सञ्चालन गरिने जानकारी दिए।

"गण्डकी प्रदेशको सुर्खेत र अन्य ठाउँमा भौतिक पूर्वाधार निर्माण र स्तरोन्नति र खेल सञ्चालन गर्न उपयुक्त मौसम नभयो भने सम्बन्धी सरोकारवालाहरुसँग दिएको सुझाव एवं जानकारी समेतलाई दृष्टिगत गरी हाल १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरेको छ," उनले भने, "हामीले उक्त प्रतियोगिताको लागि अगामी आर्थिक वर्षको लागि बजेट समेत छुट्याएको हुनाले आगामी वर्षमा हुन्छ।"

मन्त्री चौधरीले देशभरका विभिन्न क्रिकेट रंगशालाको विकास र स्तरोन्नतिका लागि समेत सरकार गम्भीर भएको बताए। उनले खेलको वृहत्तर विकासका लागि भौतिक पूर्वाधार निर्माण, खेलाडीलाई प्रशिक्षण लगायतका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको पनि उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ