काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए।
उनीहरूबीच समसामयिक परिस्थिति, बाढीपहिरो र डुबानले पुर्याएको क्षति तथा उद्धारलगायतका विषयमा छलफल भएको बताइएको छ।