arrow

पोखरा महानगरको बजेट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
nagarsabha-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम पारित भएको छ ।

आइतबार  साँझ सम्पन्न १७ औँ नगरसभाले महानगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको हो । 

सभाले आठ अरब ३५ करोड १२ लाख रुपैयाँको बजेट पारित गरेको हो । 

यसअघि असार ८ गते सुरु भएको सभामा उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

सङ्घीय सरकारको सशर्त अनुदानबाट तीन अरब १३ करोड १२ लाख अर्थात् ३७दशमलव४९ प्रतिशत र आन्तरिक आयबाट पाँच अरब २२ करोड अर्थात् ६२दशमलव५१ प्रतिशत व्यहोर्ने गरी प्रस्तुत गरिएको उक्त बजेट आइतबारको सभाले पारित गरेको हो ।

विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको विश्वास आर्जनसहित समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न यसको कार्यान्वयनमा सबैपक्षको साथ र सहयोग आवश्यक पर्ने नगर प्रमुख धनराज आचार्यले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ