टाटाको ७.७ डिल्स लाइक नेभर विफोर-स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
614
Shares
काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही असार १९ देखि २३ गते जुलाई ३ देखि ७ जुलाईसम्म ७।७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी, र कभ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
“७.७ डिल्स लाइक नेभर विफोर” कार्यक्रम अन्तर्गत ग्राहकहरूलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्यान्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बिमा, दुई आर्थिक वर्षसम्मको सवारी कर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रूपमा प्राप्त गर्न सक्नेछन्। सो अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ, र गाडी मूल्याङ्कन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ। एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप आईफोन १६ जित्ने अवसर समेत पाउनेछन्।
पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकाधिक शोरूमहरूमा यो कार्यक्रम सञ्चालनमा हुने छ।
सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, “७.७ डिल्स लाइक नेभर विफोर” लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो।
इच्छुक ग्राहकहरूलाई यो अफर असार १९ देखि २३ (३ जुलाई देखि ७ जुलाई) सम्म मात्र उपलब्ध हुने भएकाले समयमै नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ।