arrow

इङ्गल्याण्ड विरुद्धको टेष्टमा भारत बलियो स्थितिमा, शुबमनको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
shubman-jadeja-25-7-2.jpg

काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत उच्च योगफलतर्फ अगाडि बढेको छ । बर्मिङघममा बुधबारदेखि शुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिसम्म ५ विकेटको क्षतिमा ३१० रन बनाएको छ ।

कप्तान शुबमन गिल ११४ रनमा अविजित छन् । उनी आफू कप्तान भएपछि लगातार दोस्रो खेलमा शतक बनाएका छन् । उनले टेष्टमा सात शतक बनाएका छन् । यशस्वि जैसवालले ८७ रन बनाए । 

बिहीबार दोस्रो दिन शुबमनलाई ४१ रनमा खेलिरहेका रविन्द्र जडेजाले साथ दिनेछन् । यो खेलमा ऋषभ पन्त भने २५ रन बनाएर आउट भए । पहिलो खेलका दुवै इनिङ्समा पन्तले शतक लगाएका थिए । 

उक्त  खेल भारतले हारेको थियो । बर्मिङघमको यो मैदामा भारत अहिलेसम्म विजयी भएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ