arrow

चौलानी नदीमा हाम फालेर युवक बेपत्ता, खोजी कार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १६ सोमबार
Baitadi-hamrakura.jpg

बैतडी। बैतडीको डिलासैनी गाउँपालिका–३ सिमारका २६ वर्षीय महेश राना चौलानी नदीमा बेपत्ता भएका छन्। 

आज बिहान ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको पारिवारिक स्रोतले जानकारी दिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पुष्टि गरे।

राना किन नदीमा हाम फाले भन्नेबारे खुलेको छैन। बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ