arrow

मोदीसँग शुभांशुले भने - हामी एक दिनमा १६ वटा सूर्योदय र १६ वटा सूर्यास्त देख्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
modi-shushant-shukla-2025-2.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष अभियानमा गएका शुभांशु शुक्लासँग वार्ता गरेका छन् । शुभांशु  गत जुन २६ तारिखको अपरान्ह ४.०१ बजे अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए । 

उनी अन्तरिक्षमा पुग्ने दोस्रो भारतीय हुन् । उनीभन्दा अगाडि विङ कमाण्डर राकेश शर्मा १९८४ मा अन्तरिक्ष गएका थिए । प्रधानमन्त्री मोदीले एक्सियम मिसन-४ मा रहेका भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्लासँग भिडियो कल मार्फत कुराकानी गरेका हुन् । 

दुई जनाबीच १८ मिनेट २५ सेकेन्डसम्म कुराकानी भएको थियो । शुभांशुले प्रधानमन्त्री मोदीलाई भने, 'अन्तरिक्षबाट भारत धेरै भव्य देखिन्छ। हामी एक दिनमा १६ वटा सूर्योदय र १६ वटा सूर्यास्त देख्छौँ ।'

प्रधानमन्त्री मोदीले शुभांशुलाई सोधे, 'तपाईं गाजरको हलुवा लिएर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जानुभएको छ । के तपाईंले आफ्ना साथीहरूलाई खाना खुवाउनुभयो ?' यसमा शुभांशुले भने, 'हो, मैले साथीहरूसँग बसेर खाना खाएँ ।'

शुभांशु आईएसएसमा जाने पहिलो भारतीय हुन् । भारतीय वायुसेनाका समूह क्याप्टेन शुभांशु जुन २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ