पूर्वको ठीक विपरीत र त्यसभन्दा नैसर्गिक रूपमा श्रेष्ठ सिद्ध गर्नको लागि यस्तो भन्ने गरिएको पाइन्छ- पश्चिम भौतिकवादी हो र पूर्व आत्मवादी । भौतिकवादको अर्थ हो बुद्धिको प्रधानता, तर्कशीलता, विशलेषण क्षमता, शौर्य, कर्मठता, इमानदारी, प्रविधि र वैज्ञानिक प्रगति, भौतिक समृद्धि, सामाजिक सरोकार, उदारता ।
यसको विलोम नै आत्मवाद हो । यसको अर्थ हो भावुकता, अन्धविश्वास, पछौटेपन, अल्छिपन, वैभवको प्रदर्शन, कामुकता, क्रूरता, निरंकुशता, आत्मपरकता, पाखण्ड, धोखाघडी, तर्कशून्यता, बेइमानी, जातिवाद र अस्पृश्यता, कायरता, भ्रष्टता, पलायनवादिता, भूत–प्रेममा विश्वास, वैज्ञानिकता र प्रामाणिकताको उपेक्षा आदि । पश्चिमको यस परिभाषामा पूर्व हेय पद हो । पश्चिमको यस दृष्टिलाई प्राच्यवाद या ओरिएंटलिज्म भन्ने गरिन्छ, जसमा पूर्वको अध्ययन विगर्हणाको लागि धेरै र बुझ्नको लागि थोरै गर्ने गरिएको पाइन्छ ।
जानकारी बडो अध्यवसाय र एकाग्रतासाथ संकलन गरिन्छ तर यस जानकारीको उपयोग ज्ञान बढाउनको लागि होइन, त्यस कमजोर स्थान कहाँ कहाँ छ— खोज्नको लागि गरिन्छ जहाँ प्रहार गरेर विजयी नगरा बजाउँदै हल्ला गर्न सकियोस् ।
हामीले स्वीकार गरेका छौँ जब पश्चिमका ठूल्ठूला विद्वानले कठोर साधना र व्यापक तैयारीको साथमा हाम्रो प्राचीन साहित्य, प्राचीन सभ्यता, प्राचीन उपलब्धिहरूको साथै हाम्रो प्राचीन र अर्वाचीन भाषाहरू अध्ययन गरिरहेका छन् तब हामीले अलग्गै टाउको दुःखाउने आवश्यकता किन पर्यो ? त्यसैबाट लाभ लिएर आफ्नो समय मौज–मस्ती र धाक–धम्की, फार्ति–फूर्ति लाएर बिताउनु पर्छ ।
‘अध्यात्मवादिता’ पश्चिमी मनोरचनामा एउटा गाली थियो । सभ्यताको जन्म र विकास पूर्वमा भयो र पश्चिमको जडतन पूर्वको सम्पर्कमा आउनासाथ विलुप्त भयो । सुदूर अतीतमा पश्चिमको सबैभन्दा सोझो संघर्ष एसियासँग होइन, त्यस पूर्वसँग थियो जसको अभिजानतले अल्पसंख्यक हुँदाहुँदै पनि कुनै खास रहस्यमय तरिकाले लघु एसियाको सबैभन्दा विशाल हित्ती साम्राज्यमा आफ्नो प्रभावशाली उपस्थिति सावित गरेका थिए ।
मिश्र महान् साम्राज्य थियो तर उसको भाषा उसैको दायरामा खुम्चिएर रह्यो । सुमेरियाई ईराकको दक्षिणी भागमा रहेको थियो र त्यसमा बेबीलोनी साम्राज्य कायम भयो तर उसको भाषा आफ्नो देशभन्दा बाहिर जान सकेन ।
संस्कृत आर्यभाषा नै जो स्थल मार्गबाट बाल्टिन सागरसम्म र जल–थल मार्गबाट लघु एसियासम्म पुगेको थियो र त्यो पनि त्यस प्राचीन समयमा नै जब ग्रीकको जन्म पनि भएको थिएन । हित्ती (बोगाजकुइ) को उत्खनन्बाट प्राप्त सामग्रीको आधारमा पनि संस्कृत आर्यभाषाको शक्ति र प्रसार या समय थाहा पाउन सकिन्न । सत्तामा प्रभावशाली हुनु प्रभावको एकमात्र मानदण्ड बन्न सम्दैन ।
यो सत्य हो सभ्यताको पाठ पश्चिमले पूर्वलाई पढायो तर उन्नत सभ्यता धेरै मानवीय हुने गरेको पाइएको छैन । तिनीहरूले उदार भावले कसैलाई केही दिँदैनन् । उनीहरूका धम्की र बल प्रयोग अनि अपदोहनबाट आक्रान्त देश उनीहरूसँग घृणा पनि गर्दछन् र उनीहरूको प्रगति र शक्तिबाट आकृष्ट भएर तिनीहरू जस्तै बन्न चाहन्छ पनि ।
अपमानबोध गर्दा गर्दै पनि पिछडिएको समाज र सामाजिक वर्ग अगाडि बढेको समाज र वर्गबाट बारम्बार प्रभावित हुँदै गरेको छ । स्वयं आफू पनि त्यस्तै बन्ने स्पर्धामा, उनीहरूका संस्थाहरू, रीतिहरू, विचारहरू, आविष्कारहरू, उपभोक्ता वस्तुहरू अपनाउने होड र यस होडको साथै यो भय पनि कहीँ हामी अस्तित्व नै गुमाइरहेका त छैनौँ ।
अतः अनावश्यक रीति, विश्वासलाई जीवित राख्ने चेष्टा इतिहासमा पटक पटक पाइने गरेको छ र आज पनि हेर्न सकिन्छ । यस्तो दोहरो प्रवृत्तिको सभ्यताको प्रसार र सांस्कृतिक वैविध्य रक्षामा एकदम ठूलो भूमिका रहेको छ ।
कृषिको लोकप्रियता बढेको कारण धेरै भन्दा धेरै असुरले खेती किसानी पेशा अपनाउँदै गएर सम्पन्न भएको हुँदा देव जातिकाले उनीहरूलाई बारम्बार आक्रमण गर्न थाले । यस्तै यस्तै कारणले असुरहरूमा पलायन गर्नै पर्ने विवशता देखापर्यो । यस अबस्थामा कुनै पनि गणका सबै जना न त पलायन नै भए, न त कोही आफ्नो पुरानो ठाउँमा बस्न नै सके ।
आर्य र असुर बीचमा युद्ध बारंबार भइ नै रह्यो तर अर्थव्यवस्थामा आएको परिवर्तनले युद्धको चरित्रमा पनि परिवर्तन ल्यायो । स्थायी बस्ती बसेपछि दिउँसोको प्रकाशमा आर्य शक्तिशाली बनेको थियो । अँध्यारो हुने बित्तिकै साँप, जंगली पशु र असुरको खतराबाट बच्नको लागि धुनी बालेर आगोको प्रकाशको सहार लिन्थे ।
वैदिक अथवा भनौँ पूर्ववैदिक हस्तक्षेपको कारण दक्षिण एसियामा जुन किसिमको हलचल र पलायनको आरम्भ भयो यसको सही आँकलन गर्ने हामीसँग कुनै विश्वसनीय आधार छैन । मात्र केही पुराना प्रयोगको भरमा हामी अनुमान गर्ने गरेका छौँ, पहिले किरथार क्षेत्रमा रहने बस्ने गरेका किरात (किलात), पछि पूर्वतर्फ लागेका छन् ।
मैनाक (मकरान) को मीन जाति भने यस्तै आक्रमण–प्रत्याक्रमणको कारण एकातिर तर समथल क्षेत्रमा गएका थिए, अर्कोतिर तिनीहरू सुमेरूमा पुगेर सभ्यताको उत्प्रेरक बनेको पाउँछौँ । त्यहाँको लोककथाअनुसार अर्धमानव–अर्धमिन जाति जल मार्गबाट त्यहाँ पुगेर सभ्यताको आरम्भ गरेको थियो ।
भूत (भोट), पिशाच जातिको भाषा पैशाची थियो तर निश्चित क्षेत्र कुन थियो यो तय हुन सकेको छैन । यदि भूत र पिशाच दुवै एउटै समुदायको नाम भेद हो भने त सम्भव छ । यो पहिले पश्चिमोत्तर तर्फ रहेको हुनसक्छ ।
अफगानिस्तानमा वैदिक गतिविधिहरू छिटो र लामो समयसम्म चलिरहनाले यसको नाम नै आर्याना रहन गयो । त्यहाँ वैदिक अध्ययनको यस्तो केन्द्र स्थापित भयो अन्ततः त्यहाँको वैदिक उच्चारण प्रमाणिक मान्न थालियो ।
त्यहाँको स्थानीय जातिले जुन व्यवहार पाएका थिए, त्यसले वैदिक समाजसँग उनीहरू छाढिदै जान बाध्य भए । त्यो व्यवहार भनेको दलित संस्कृति र वर्चस्ववादी संस्कृतिबीच जे देखिने गरेको छ, पाइने गरेको छ ठ्याक्कै त्यस्तै थियो ।
यस्तो किसिमको अनुभव इरानमा पनि पाइएको छ जहाँको शिष्ट प्रयोगको भाषा वैदिकको प्रतिरूप बन्न पुग्यो । वैदिक ऋचाहरूको लयमा जेन्द अवस्ताको रचना भयो । मूल्य मानमा अनेकौं मान्यता कायम नै रह्यो तर देव शब्द भने गाली बन्न पुग्यो । उनीहरूो विरोध कुनै विशेष देवसँग नभएर देव समुदायसँग छ ।
पछि गएर शिब्रू र त्यसको माध्यमले यूरोपीय भाषाहरूमा व्यवहृत डेविल शब्दमा पनि देवको अर्थ त्यही भत्र्सनामूलक रूपमा देख्न सकिन्छ । मध्यएसियामा पनि वैदिक व्यवसायी आफ्नो सुरक्षाको व्यवस्थित प्रबन्ध साथ रहने गर्दथे । स्थानीय जनताको साथमा उनीहरूको सम्बन्ध कटु थियो र डर देखाएर, तर्साएर आफ्नो व्यवहार चलाउने गर्थे ।
प्राच्यवादको विस्तारमा राजनीतिज्ञ, उपनिवेशवादी पक्षधर र मिशनरी मात्रै सक्रिय भएका थिएनन् जसले आआफ्नो तरिकाले पूर्वका मानिसलाई अक्षम, अकर्मण्य अन्धविशवासी हो भनी प्रमाणित गर्नको लागि कवि, उपन्यासकार, दार्शनिक, राजनीतिक सिद्धान्तकार, अर्थशास्त्री, जीववैज्ञानिक, भाषावैज्ञानिक, नृतत्वविद्, इतिहासकार, पुरातत्वविद्, गुप्तचर संस्था, प्रशासक र व्यापारी वर्गसमेत सहभागी थिए ।
व्यापारको क्षेत्रमा त यो सबैभन्दा प्रभावशाली विज्ञापन नै बनेको थियो, पश्चिमको उत्पादन पूर्वको उत्पादनको तुलनामा श्रेष्ठ हुन्छ । जुन किसिमबाट दलाल पूँजीपति हुनेगर्छ त्यसैगरी दलाल बुद्धिवाद पनि हुन्छ ।
देशी पूँजीपति आफ्नो कारोबारको विस्तारको लागि विदेशी पूँजी र प्रविधि कौशलताले सम्बन्ध गाढा बनाएर त्यसको प्रचारक र संस्थापक बन्न पुग्दछ । देशी बुद्धिवादी आफ्नो हैसियत र प्रभाव बढाउनको लागि प्राच्यवादी विचारको विरोधी बन्न पुग्दछ र उनीहरूको शास्त्रको ज्ञान लिएर, उनीहरूले नै सिकाएको बाटोमा हिँडेर आफ्नो किसिमले व्याख्या गर्छ र त्यस हतियारको वितरक बन्न पुग्दछ जसलाई सूचना र विचारको हतियार भन्दछौं र जो केही देशले बडो चालाखीसाथ बनाउने गरेको छ ।
उनीहरूका गलत मान्यताहरूलाई गलत हो भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि बडो प्रयत्नको साथमा बचाई राख्ने आग्रह गरिरहन्छ । त्यसको पक्षमा यस्तो पर्यावरण बनाउने गरेको छ मानौं सबै कुरो सत्यान्वेषणको उद्देश्यले गरिरहेको छ ।
सभ्यता जुन चरणमा सर्वगोचर हुने गर्दछ, त्यसभन्दा पहिलेको हजारौँ वर्षमा कता कताको तत्व र ज्ञान साथै कौशल नजानिँदो किसिमबाट केन्द्रित भइ नै रहेको हुन्छ, यस कुराको यथार्थ पत्ता लगाउनु भनेको विशाल वर वृक्षको जराको कोशिकाहरू खोज्नु जस्तो दुःसाध्य प्रयत्न भने हो ।