arrow

कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउनबाट चुक्यौँः उपसभापति खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
purna-bahadur-khadka-792497292.JPG
फाइल तस्बिर

वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउन चुकेको बताएका छन् ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाँझ पुर्‍याउन नसकिएको बताएका हुन् ।

‘नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला-ठूला महत्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरुलाई जनतामाझ पुर्‍याउन भने सकिरहेका छैनौँ,’ उनले भने, ‘त्यसमा हामीबाट कहीँकतै चुक भइरहेको छ ।’

उनले भपे, ‘हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पुर्‍याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईंहरु प्रशिक्षकहरूले सो पुर्‍याउन मद्दत पुर्‍यायाउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।’

उपसभापति खड्काले नेपाली कांग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पुर्‍याउन नसकेको गुनासो व्यक्त गरे ।

‘मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा कांग्रेसको भूमिका अहम् छ’, उनले भने, ‘हामीले गरेका कामलाई जनतामाझ पुर्‍याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’

उपसभापति खड्काले सङ्घीयता र समावेशिताका मुद्दा पनि सबैतिर पुर्‍याउन नसकेको स्वीकार गरे ।

उपसभापति खड्काले कांग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला-ठूला नीतिगत परिवर्तन ल्याएको पनि दाबी गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ