arrow

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
accident-pumdi.jpg

पोखरा । पोखरामा आज दिउँसो टिप्परको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका सर्केटारीकी ४२ वर्षीया मीना क्षेत्री छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरीले मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दी बगालटारीस्थित सडकमा छोरेपाटनबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको ग१ख ३४४५ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको ग२६प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

टिप्पर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ