arrow

चापाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
tractor-accident.jpg
फाइल तस्बिर

पोखरा । स्याङ्जाको चापाकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा काभ्रेका ३२ वर्षीय सागर लिम्बु छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चापाकोट नगरपालिका वडा नं ८ धार्केघाटमा हिलामर्याङबाट दामाचौरतर्फ गइरहेको ग१त ६१६७ नम्बरको ट्याक्टर धार्केघाटमा दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ