arrow

मोटरसाइकल दुर्घटनामा रुद्रको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
accident-final.jpg

पोखरा । कैलालीको धनगढीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका वडा नं ४ का २६ वर्षीय रुद्र चौधरी छन् ।

चौधरी शनिबार राति ११ बजे धनगढी उपमहानगरपालिका वडा नं १ सेतोपुलमा आफैले चलाएको सुपप्र ०१-०१२ प ७९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए ।

चौधरीलाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ