arrow

इङ्गल्याण्डविरुद्ध ऋषभको कीर्तिमानी शतक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
rhishav-pant-25-6-23.jpg

काठमाडौँ । भारत र इङ्गल्याण्डबीचको पहिलो टेष्ट क्रिकेट इङ्गल्याण्डको लिड्समा चलिरहेको छ । 

खेलमा भारत बलियो स्थितिमा पुगेको छ । पहिलो इनिङ्समा ६ रनले अग्रता बनाएको भारतले दोस्रो इनिङ्समा पनि राम्रो ब्याटिङ योगफल जोडेको छ । 

भारतले पहिलो इनिङ्समा ४७१ रन बनाएको थियो । जहाँ तीन खेलाडीहरु कप्तान शुबमन गिल, उपकप्तान ऋषभ पन्त र यशस्वि जैसवालले शतक बनाएका थिए । 

एकै इनिङ्समा तीन खेलाडीले विदेशी भूमिमा भारतले चौथो पटक यो रेकर्ड राखेको छ । 

जवाफमा इङ्गल्याण्डले ४६५ रन बनायो । ओली पपले शतक बनाउँदा ह्यारि ब्रुक ९९ रनमा आउट भए । 

जसप्रित बुमराहले ५ विकेट लिए । 

जवाफमा भारत उच्च योगफलतर्फ अगाडि बढेको छ । भारतका लागि केएल राहुल र ऋषभ पन्तले शतक बनाएका छन् । 

ऋषभ इङ्गल्याण्डविरुद्ध एकै खेलमा लगातार दुई शतक बनाउने पहिलो भारतीय विकेटकिपर बनेका छन् । विश्वमै उनी दोस्रो विकेटकिपर ब्याट्सम्यान हुन् । 

यसअघि जिम्बाब्वेका एन्डि फ्लावरले सन् २००१ मा दक्षिण अफ्रिकाविरुद्ध उक्त कीर्तिमान बनाएका थिए । 

पहिलो इनिङ्समा पन्तले १३४ रन बनाएका थिए । उनी दुवै इनिङ्समा शतक बनाउने सातौँ भारतीय खेलाडीसमेत बनेका छन् । 

शुबमन गिलले टेष्टमा पहिलो कप्तानी गरिरहेका छन् । उनी पहिलो कप्तानीकै खेलमा शतक बनाउने खेलाडीमासमेत उभिएका छन् । उनले १४७ रन बनाएका थिए । ऋषभ उपकप्तान हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ