arrow

रन रेटले पछि पर्दै नेपाल त्रिकोणात्मक टी–२० को उपविजेतामै सीमित 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
cric-nep-lost-scot.jpg

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसङ पराजित भएको छ ।

स्कटल्यान्डको टिटउट रङ्गशालामा शुक्रबार राति सम्पन्न अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डले नेपाललाई ३४ रनले हराएको हो । स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १५९ रनमा समेटियो ।

नेपालका लागि रुपेश सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित रहँदै ४३ रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे । 

कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट भए । आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए ।

स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।  त्यसअघि टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्यान्डले निरधारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय इनिङ्स खेले । उनले ३९ बलमा पाँच चौका र ६ छक्कासहित सर्बाधिक ७८ रन बनाए । त्यस्तै  ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे । यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए । 

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक एक विकेट हात पारे । 

यो जितसँगै स्कटल्याण्ड ४ खेलमा २ मा हार र २ मा जितका साथ शीर्ष स्थानमा रहँदै उपाधि जित्यो । पराजित नेपाल समान खेलमा २ मा जित र २ मा हारका साथ ४ अंकमै रहे पनि नेट रनरेटमा स्कटल्याण्डभन्दा पछि पर्दै दोस्रो स्थानमा सीमित हुन पुग्यो ।  समान अङ्क रहे पनि रनरेटमा पछि रहेर नेदरल्याण्ड्स तेस्रो भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ