लमजुङ। मनाङ र लमजुङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक आज बिहान पहिरो खसेपछि अवरुद्ध भएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा खसेको यो पहिरोले सडकमा यातायात आवागमन ठप्प पारेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार, ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्नेछ। यसअघि पनि असार ४ गते सोही स्थान नजिक पहिरो खसेर सडक अवरुद्ध भएको थियो।
यसबाहेक, लमजुङ–मनाङको सिमाना नजिक म्यार्दी भिरमा दुई वटा ट्रक बिग्रिएका कारण पनि सवारी आवागमनमा थप अवरोध पुगेको छ। अहिले सडकमा यातायात सञ्चालनको प्रयास भइरहेको छ। सडक अवरुद्ध हुँदा गन्तव्यमा समयमै पुग्नुपर्ने यात्रुहरूलाई निकै समस्या भएको छ।