arrow

ओभरपास

पुसदेखि दैनिक जरिबाना तिरेर सक्यो निर्माण कम्पनीले ग्वार्को ओभरपासको काम [फोटोफिचर]

प्रधानमन्त्रीले रिबन काटेर चालु हुँदै ग्वार्को ओभरपास, २४ महिनामा सक्नुपर्ने काम ३९ महिनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
gwarko-overpass-overall-(1).jpg

काठमाडौँ । ललितपुरको ग्वार्कोमा बनेको ओभरपास अन्ततः सवारीचालकले प्रयोग गर्न पाउने समय आएको छ । तोकिएको भन्दा निकै ढिलो गरी ओभरपास तयार भएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सर्वसाधारणले ओभरपास प्रयोग गर्न पाउनेछन् ।

निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी० मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण सुरु भएको थियो । सुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । उक्त समयमा नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिबाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिबाना तिर्दै अहिले काम सकेको हो ।

उपत्यकालाई ट्राफिक जामविहीन बनाउन यस्ता ओभरपास धेरै ठाउँमा बनाउनु पर्नेछ । तर लापरबाहीका कारण समयमै काम नसकिँदा भने अप्ठेरो हुने गरेको छ । 

सरकारले सुशासनलाई गम्भीरपूर्वक पालना गर्ने हो भने समयमै काम हुनेमा दुईमत छैन ।

gwarko-overpass-overall (18).jpg
gwarko-overpass-overall (17).jpg
gwarko-overpass-overall (16).jpg
gwarko-overpass-overall (15).jpg
gwarko-overpass-overall (14).jpg
gwarko-overpass-overall (13).jpg
gwarko-overpass-overall (12).jpg
gwarko-overpass-overall (11).jpg
gwarko-overpass-overall (10).jpg
gwarko-overpass-overall (9).jpg
gwarko-overpass-overall (8).jpg
gwarko-overpass-overall (7).jpg
gwarko-overpass-overall (6).jpg
gwarko-overpass-overall (5).jpg
gwarko-overpass-overall (4).jpg
gwarko-overpass-overall (3).jpg
gwarko-overpass-overall (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ