arrow

नौ कक्षामा पढ्ने तेह्र वर्षे किशोरको शौचालय जाँदा सर्पले डसेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
Parashuram_Nagarpalika.png

अमरगढी । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । 

जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । 

तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ