arrow

राष्ट्रिय नीतिमा निर्मम समीक्षाको आवश्यकता: प्रा.डा. विच्छा

जनसांख्यिक अवस्था नबुझी लगानी खेर गइरहेको टिप्पणी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
dr-bichha.jpg

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी. विच्छाले राष्ट्रिय नीतिहरूलाई अब निर्मम ढंगले समीक्षा गर्ने बेला आएको बताएका छन्। उनले नीतिको 'सर्जरी' गर्दा कुनै अंग काट्न आवश्यक भए पनि त्यसलाई काटेरै अघि बढ्नुपर्ने सुझाव दिए।

प्रा.डा. विच्छाले नेपालमा आप्रवासन (माइग्रेसन) समस्या र त्यसका कारण वैवाहिक सम्बन्धमा आउने दरार (कपल सेप्रेसन) विकराल बन्दै गइरहेको बताएका छन्। उनले सरकारले आप्रवासन समस्याका कारण सिर्जित वैवाहिक सम्बन्धको समस्याबारे गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए। "हाम्रो माइग्रेसनको प्रोब्लम र कपल सेप्रेसनको प्रोब्लम छ। त्यसलाई हामीले पोलिसीमा रिथिङ्क गर्नुपर्छ," उनले भने। सबै नीतिहरूमा उल्लेख्य सुधार ल्याउने गरी काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

प्रा.डा. विच्छाले अबको पुस्ता धेरै अध्ययन गरेको र सीपयुक्त हुने भएकाले सरकारको अबको लगानी उनीहरूमा हुनुपर्ने बताए। उनले हिमाल र पहाडी क्षेत्रका नागरिकलाई केन्द्रमा राखेर सडक लगायतका भौतिक पूर्वाधारहरू निर्माण गरिरहेको भए पनि त्यसलाई उपयोग गर्ने जनशक्ति नहुँदा लगानी खेर गइरहेको टिप्पणी गरे। उनले जनसांख्यिक अवस्थालाई नबुझी योजना बनाउने हो भने लगानीको कुनै अर्थ नरहने जिकिर गरे।

"हामी पोलिसी बनाइरहेका छौँ, हिमाल पहाडको लागि। ४ लेनको सडकको योजना छ, पुर्‍याएको पनि छ। त्यसलाई उपयोग गर्ने जनसंख्या पनि छैन," उनले भने, "अब पपुलेसन डायनामिकलाई बुझेर पोलिसी बनाएन भने हाम्रो लगानीको कुनै मतलव छैन।"

उनले युवा जनशक्तिमा केन्द्रित लगानी बढाउनुपर्नेमा जोड दिँदै, "हाम्रो काम गर्ने जनशक्ति जुन छ, त्यो अवसर हो हाम्रो लागि, २५-२६ वर्ष हामीले गुमाइसक्यौँ। हामीले पोलिसी डिपार्चर गरेर यो जनशक्तिमा लगानी गर्ने हो," भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ