arrow

इरानविरुद्ध 'थप कदम' चाल्न सक्ने ट्रम्पको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
trump-2025-05-22.jpg

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न 'थप कदम' चाल्न आवश्यक रहेको निर्णय लिन सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन्।

भान्सले एक्समा लेख्दै भनेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाउनुभएको छ। उहाँले इरानी युरेनियम संवर्द्धन अन्त्यका लागि थप कदम चाल्न आवश्यक रहेको निर्णय लिन सक्नुहुन्छ।”

यसैबीच, तेहरानबाट प्राप्त सूचनाअनुसार इरान र इजरायलबीच लगातार पाँचौँ दिन पनि हवाई आक्रमण जारी रहँदा मङ्गलबार तेहरानमा ठूला विस्फोटका आवाजहरू सुनिएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

इजरायली आक्रमणका कारण इरानमा इन्टरनेट सेवा अवरुद्ध भएको र यसले सूचना र समाचारको पहुँचमा कठिनाइ भइरहेको इरानी सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन्। "धेरै प्रान्तका इन्टरनेट प्रयोगकर्ताहरूले व्यापक रूपमा इन्टरनेट अवरुद्ध भएको रिपोर्ट गरिरहेका छन्," हाम मिहान पत्रिकाले उल्लेख गरेको छ। मङ्गलबार अन्य सञ्चारमाध्यमले पनि यस्तै समाचार सम्प्रेषण गरेका छन्।

इन्टरनेट अवरोधको तत्काल कारण भने खुल्न सकेको छैन। तर, इजरायलले शुक्रबार इरानी सेना र आणविक केन्द्रविरुद्ध अभूतपूर्व हवाई अभियान सुरु गरेसँगै इरानमा व्यापक रूपमा इन्टरनेट सेवा अवरुद्ध बनेको छ। यसले द्वन्द्वको अवस्थामा सूचनाको प्रवाहमा गम्भीर चुनौती थपेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ