पोखरा । तनहुँमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएकोे छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं १३ अबुवा देउरालीका २२ वर्षीय आशिकबाबु नराल छन् । दुर्घटनामा गम्भीर घाइते भएका नरालको दमौलीस्थित प्रदेश अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
सोही दुर्घटनामा आशिककै बुबा ४७ वर्षीय कृष्णप्रसाद नराल छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनको प्रदेश अस्पताल दमौलीमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग२५प ४१३ नम्बरको स्कुटर व्यास नगरपालिका वडा नं १२ कमलबारीस्थित पृथ्वी राजमार्गमा अनियन्त्रित भई सडकै पल्टिएको थियो । स्कुटर आशिकले चलाएका थिए ।
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। आज दिउँसो करिब १ः४५ बजेको समयमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको स्कुटर अनियन्त्रित भई पल्टिंदा दुर्घटना भएको हो। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।