arrow

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
accident-final.jpg

सुर्खेत । भेरी करिडोर हुँदै जाजरकोटको नलगाड नगरपालिका-७ दल्लीबाट सरिया बोकेर कार्यखेततर्फ जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नलगाड नगरपालिका-८ बगरा स्थायी ठेगाना भएका चालक १९ वर्षीय विनोद परियारको मृत्यु भएको हो । 

रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गर्दागर्दै परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रयाक्टरमा सवार अर्का घाइते नलगाड-७ चामेखेतका जयबहादुर परियारलाई उपचारका लागि नेपालगञ्ज पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ