arrow

नेपालमा वास्तविक कम्युनिष्ट छैनन्, नाम मात्रै बदल्न बाँकी छ: देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
deuba-29.jpg

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा अब वास्तविक कम्युनिष्टहरू नरहेको बताएका छन्। देउवाले कम्युनिष्टहरू विश्वमै सकिसकेको तर नेपालमा भने केही बढिरहेको बताए। उनले अहिलेका कम्युनिष्टहरू विगतका कम्युनिष्टहरूजस्तो नरहेको जिकिर गर्दै उनीहरू डेमोक्र्याट बनिसकेकाले आजका कम्युनिष्टहरूलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गरे। उनले अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उनीहरूलाई कम्युनिष्ट भनिरहनु नपर्ने धारणा राखे।

देउवाले आफू शिक्षककै कारण नेविसंघ र प्रजातान्त्रिक भएको उल्लेख गर्दै विद्यार्थीको असल मार्गनिर्देशनमा शिक्षकको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले भने, "म वास्तवमा टिचरको कारणले नेविसंघ भएको हो। टिचरकै कारण कति अखिल भएका छन्। त्यसमा टिचरको धेरै ठूलो हात छ। बच्चालाई के थाहा हुन्छ, के राम्रो के राम्रो होइन। टिचरले जे भन्यो त्यही राम्रो हुन्छ। टिचरले गर्दाखेरी पनि म डेमोक्र्याट भएको हुँ। टिचरले गर्दा कम्युनिष्ट भएका छन्।"

उनले शिक्षकहरूलाई विद्यार्थीलाई काँग्रेस मात्रै बनाउन भन्न नखोजेको स्पष्ट पार्दै विद्यार्थीलाई पढाउँदा अहिलेको समयमा के राम्रो हो भन्ने कुरा सिकाउनुपर्ने बताए। "संसारभर खत्तम भइसक्यो तर नेपालमा कम्युनिष्ट बढेको बढ्यै छ। हुनतः कम्युनिष्टहरू हिजोको जस्तो कम्युनिष्ट छैनन्। उनीहरू डेमोक्र्याट भइसकेको छ। आजको कम्युनिष्टलाई कम्युनिष्ट नै भन्न मिल्दैन। तर अहिलेको संविधानअनुसार आइसकेको हुनाले मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरूलाई कम्युनिष्ट भनिरहनु पनि पर्दैन तर उनीहरू मल्टीपार्टी डेमोक्रेटिकमा अडप्ट भइसकेका छन्। नाममात्रै बदल्न बाँकी छ। तर कम्युनिष्ट छैनन् उहाँहरू।"

सभापति देउवाले अहिलेका कम्युनिष्टहरू वास्तवमा कम्युनिष्ट नरहेको र उनीहरूले आफ्नो नाम मात्रै बदल्न बाँकी रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ