arrow

एयर इन्डिया विमान दुर्घटनाप्रति नेपाल सरकारबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
foreign-ministry.jpeg

काठमाडौँ । नेपाल सरकारले भारतमा भएको एयर इन्डिया विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो ।

मन्त्रालयले भारत सरकारसँगै भारतीय जनताप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदनसमेत व्यक्त गरेको छ । सरकारले यो दुःखद घडीमा नेपाल सरकार र नेपाली जनता साथमा रहेको भन्दै ऐक्यवद्धता व्यक्त गरेको छ ।

सरकारले उक्त दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभकोसमेत कामना गरेको छ । 

भारतको अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको एयर इन्डिया फ्लाइट एआई १७१ रहेको बोइङ ७८७–८ मा रहेका २४२ जना सबैको निधन भएको अनुमान गरिएको छ । यद्यपि यसको अन्तिम विवरण आइसकेको छैन । 

सवार २४२ मध्ये १६९ जना भारतीय हुन् । ५३ जना बेलायती नागरिक हुन् । सात जना पोर्चुगलका हुन् भने एक जना क्यानाडाका हुन् । त्यस्तै दुई पाइलटसहित १२ जना क्रु टोली रहेको थियो । 

उक्त दुर्घटनापछि विश्वभरबाटै भारत सरकार र जनताप्रति ऐक्यवद्धताका सन्देश आइरहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ