arrow

विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रुपाणीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
air-india-crash-25-6-12y.jpg

काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना हुँदा विमानमा सवार गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको मृत्यु भएको छ । 

उनको मृत्युको जानकारी सांसद परिमल नाथवानीले सामाजिक संजाल एक्समार्फत जानकारी दिएका हुन् । चालक दलका १२ सहित २४२ जना सवार अहमदाबादबाट बेलायतको लण्डन जाँदै गरेको विमान उडान भरेको दुई मिनेटमै दुर्घटनामा परेको थियो । 

जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र एक क्यानाडाका नागरिक थिए । मृतकको संख्या अझै खुलेको छैन । 

उक्त विमान अहमदाबादको नागरिक अस्पतालको आवासीय चिकित्सक रहने भवनमा ठोक्किएको थियो । १५ डाक्टर घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ