arrow

प्रचण्ड गर्मीले अताल्लिएका झापाका स्थानीयलाई राहत, अपरान्ह वर्षा  

logo
युवराज रेग्मी, 
प्रकाशित २०८२ जेठ २८ बुधबार
gauradaha-rain-82-2-28.jpg

झापा । केहीदिन यता देशभर बढेको अत्यधिक तापक्रमले झापाको जनजीवन अस्तव्यस्त भइरहँदा बुधबार थोरै भए पनि राहत महसुस भएको छ । 

तापक्रम दिनानुदिन उकालो लाग्ने क्रममा विभिन्न स्थानको तापक्रम ३९ं डिग्री सेल्सियससम्म पुगेकामा बुधबार अपरान्ह वर्षा भएसँगै जिल्लावासीलाई राहत महसुस भएको छ ।

देशको पूर्वी भागबाट मनसुन पुनः प्रवेश गर्दै पानी परेपछि अहिले झापाको मौसम शीतल बनेको छ । मंगलबार र बुधबार तातो हावा चलेकाले स्थानीय विशेष कामबाहेक घरबाट बाहिर निस्किन छाडिसकेका थिए । 

गर्मीकै कारण विद्यालयहरुमा पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै जिल्लाका ७ वटा पालिकाहरुले दुई दिन विद्यालयमा बिदा दिने निर्णय नै गरिसकेका थिए  ।  

जिल्लाको भद्रपुर, बिर्तामोड, दमक र गौरादह नगर तथा  कचनकवल, बाह्रदशी र  कमल गाउँपालिकाले २ दिन बिद्यालय बिदा दिएको जनाइएको छ । 

गर्मी बढेसँगै जिल्लाका विभिन्न पसलहरूमा पङ्खा, एसी, कुलर लगायतका सामग्री खरिद गर्नेको भीड नै लागेको देखिन्थ्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ