arrow

युक्रेनका एक सय ड्रोन नष्ट गरेको रुसी भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
russia-drones-.jpg
तस्बिर – फाइल ।

मस्को । रुसको वायु रक्षा प्रणालीले रातारात १०२ वटा युक्रेनी ड्रोनहरु रोकी नष्ट गरेको देशको रक्षा मन्त्रालयले मंगलबार टेलिग्राम मार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार पश्चिमी र मध्य रूसका धेरै क्षेत्रहरूमा सोमबार ड्रोनहरू नष्ट गरिएको थियो । ब्रियान्स्क ओब्लास्टमा ४६ वटा, बेलगोरोड ओब्लास्टमा २०  वटा, भोरोनेज ओब्लास्ट र क्रिमियामा नौ–नौ वटा, कालुगा ओब्लास्ट र तातारस्तानमा चार–चार वटा, मस्को ओब्लास्टमा तीन वटा लेनिनग्राद, ओरिओल र कुस्र्क ओब्लास्टमा दुइ–दुई वटा र स्मोलेन्स्क ओब्लास्टमा  एउटा ड्रोनहरु खसालिएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ