हटाइँदै जडीबुटी–पेप्सीकोला सडकका अवैध संरचना [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
652
Shares
काठमाडौँ । काठमाडौँको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना जग्गाधनी आफैंले हटाउन थालेका छन् ।
सडक विभाग र काठमाडौँ महानगरपालिकाले ३५ दिनको अल्टिमेटम दिएर सूचना निकालेपछि अवैध संरचना हटाउन उनीहरू आफैँ कस्सिएका हुन् ।
उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र नभए कानूनअनुसार कारबाही हुने सार्वजनिक सूचना जारी भएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५–१५ मिटर सडकको सीमा कायम भएको छ । यो सीमामा सडक विभाग र महानगरले यसै महिना सीमांकन गरेर चिह्नसमेत लगाएका छन् ।