arrow

लस एन्जलसमा आप्रवासी प्रदर्शनकारी र नेशनल गार्डबीच झडप, अश्रुग्याँस प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
national-gurds.jpg

काठमाडौँ। लस एन्जलसमा आप्रवासी प्रदर्शनकारी र नेशनल गार्डबीच झडप भएको छ ।

आइतबार लस एन्जलसको डाउनटाउनमा दुई सयभन्दा बढी आप्रवासी प्रदर्शनकारीहरू क्यालिफोर्नियामा सप्ताहान्तमा भएका आप्रवासन छापामारीविरुद्धको विरोध प्रदर्शनका क्रममा नेसनल गार्डहरूसँग झडपमा उत्रिए।

घटनास्थलमा राष्ट्रिय गार्ड सैनिकहरू, आप्रवासन र भन्सार सेवा र गृह सुरक्षा विभागका एजेन्टहरूले भीडलाई तितरबितर गर्न बारम्बार अश्रुग्याँस र धुवाँ ग्रेनेड प्रहार गरेका थिए। 

भिडन्तको क्रममा केही प्रदर्शनकारी र पत्रकारहरू घाइते भएको जनाइएको छ।

प्रदर्शनकारीहरूले आफूहरूले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न चाहेको भए पनि ट्रम्प प्रशासनले लड्नका लागि सैनिकहरू पठाएको आरोप लगाएका छन्। 

भिडन्त भएको केही समयपछि, क्यालिफोर्नियाका गभर्नर ग्याविन न्यूजमले प्रदर्शनकारीहरूलाई शान्त रहन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ