arrow

खाद्य स्वच्छता दिवसमा अन्तरक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
khadya-82-2-24.jpg

काठमाडौँ । १७ औं राष्ट्रिय खाद्य स्वच्छता दिवस तथा सातौँ विश्व खाद्य स्वच्छता दिवसको उपलक्षमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ तथा आइडिया टु इम्प्याक्ट को सहकार्यमा ललितपुर स्थित होटल हिमालयमा आयोजित वल्ड फुड सेफ्टि सिस्टम डायलग विषयमा एक दिवसीय कार्यशाला भएको छ । 

कार्यशालामा विश्व, सार्क र नेपालको वर्तमान अवस्था, भविश्यमा गर्न पर्ने कार्यहरुबीचको अन्तर विश्लेषणलगायत आगामी एक वर्षभित्र गर्न सकिने अत्यावश्यक कार्यहरुको महत्वपूर्ण विश्लेषण, बहस, विचार र संवाद सम्पन्न भएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले अध्यक्षता गरेको उक्त कार्यक्रमलाई कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारी तथा मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्दप्रसाद शर्माले सम्बोधन गरेका थिए । 

कार्यक्रममा विभागका उपमहानिर्देशक सोमकान्त रिजालले उद्घाटन मन्तव्य ब्यक्त गरेका थिए । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका पूर्व अध्यक्ष तथा वरिष्ठ खाद्य वैज्ञानिक डा.देवभक्त शाक्यले विशेष सम्बोधन गरेका थिए । 

संघका अध्यक्ष होमनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको दोस्रो सत्रमा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. हरिबहादुर केसी, डब्ल्यूएफपी, हेड अफ सोसियल प्रोटेक्सनका प्रमुख नाथानियल ग्लिडेन, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा राष्टिय खोप उत्पादन प्रयोगशालाका प्रमुख  डा. विनयकुमार कर्णले फुड सेफ्टि सिस्टमका विभिन्न विषयमा छलफल गरे । 

कार्यशालामा पूर्वसचिव उत्तमकुमार भट्टराई तथा जीवनप्रभा लामा, का.म.पा कृषि तथा पशुपन्छी विभागका प्रमुख नूरनिधि न्यौपाने, कृषि उद्यम केन्द्रका प्रमूख कार्यकारी अधिकृत दिपेन्द्र जोशी, डांगोटे ग्रुप नाइजेरियाका ग्रुप जनरल म्यानेजर हिक्मतबहादुर थापा लगायतको सहभागिता थियो । 

कार्यशालालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य बैज्ञानिक डा. हुमा बोख्खिमले सञ्चालन गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ