arrow

पोखरीमा डुबेर दुई बालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
Jhapa_District.png

झापा । अर्जुनधारा नगरपालिका-११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ ।

मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा-११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए ।

आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटल पुर्याएका थिए । 

हस्पिटलका चिकित्सकले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताए । हाल दुवै बालकको शव हस्पिटलमै रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ