सुनसरी । आहाराको खोजीमा रहेका बेला लोपोन्मुख घुँगीफोर गरुड (एसियन ओपनविल) किसानको खेतमा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका ९ स्थित किसानको खेतमा ती गरुड भेटिएका हुन् ।
२५० मिटर उचाइभन्दा तल, दलदल, ताल र सिमसार वरपर पाइने यसको प्रमुख आहार शङ्खेकिरा (घुगी) भएकाले यसको नाम घुगीफोर रहन गएको हो । रासस