काठमाडौँ । ‘आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, समृद्ध महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान’ नारासहित काठमाडौँको भृकुटीमण्डपमा राष्ट्रिय मह मेला २०८२ चलिरहेको छ ।
देशभरका मौरीपालक किसानहरुलाई एकै ठाउँ ल्याउने उद्देश्यका साथ बिहीबारदेखि शुरु भएको मेला शनिबारसम्म तीन दिन चल्नेछ ।
मेलामा विभिन्न जिल्लाबाट ल्याइएका मह प्रदर्शनी तथा बिक्रीमा राखिएको छ । साथै भीर मौरीको मह पनि मेलामा उपलब्ध छ ।
यद्यपि मेला भ्रमण गर्न जानेको संख्या भने निकै कम रहेको गुनासो आएको छ ।