arrow

हात्ती मानव द्वन्द्व, सहर पसेर उत्रियो तोडफोडमा

logo
युवराज रेग्मी, 
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
elephant-agression-82-2-23.jpg

झापा । पूर्वको ब्यापारिक बजार बिर्तामोडमा गएराति हात्तीले एक निजी क्याम्पसको मूलगेट भत्काएको छ । हात्तीले बिर्तामोड  बिर्ताबजारस्थित अनारमनि पब्लिक क्याम्पसको मूलगेट भत्काएको स्थानियले जानकारी दिएका छ्न् ।

 रातिको समयमा सहर पसेको हात्तीले क्याम्पसको गेट बाहेक एक टहरोमा पनि क्षति पुर्याएको प्रहरीले जनाएको छ । जस्ता पाताले बनाइएको उक्त अस्थायी  टहरोमा  हात्तीले पूर्णरूपमा क्षति पुर्याएको छ ।

स्थानीयले जनाए अनुसार  पाँच वर्षअघि पनि यसैगरी बिर्तामोडस्थित  बिर्ताबजारमा हात्ती पसेको थियो ।

पछिल्लो समय पहाडी जिल्लाहरुबाट बसाइँसराइ गरी  मानिसहरुको बसोबास झापा जिल्लामा  दिनानुदिन बड्दो अवस्थामा छ । बस्ती बाक्लिएसँगै झापाका मुख्य सहर नजिकका स्थानहरुमा पनि मानव  बसोबास  बाक्लिदै गएको देखिन्छ ।

 मानव बस्ती नजिक रहेका जङ्गलहरुमा जङ्गली जनावरहरु चरिचरण गर्ने र ती जनावर  यदाकदा मानवबस्ती नजिक आउँदा स्थानीयहरुले ती जनावरहरुलाइ खेदाउने, तर्साउने गर्दा जङ्गली जनावरहरुले बस्तीमा क्षति पुर्याउले गरेको तथ्यांकले देखाउँछ ।  

 जङ्गल नजिक मानवबस्ती बढ्ने र उक्त स्थानमा बस्ने मानिसहरु दैनिक घाँस दाउरा गर्न तिनै जङ्गलमा जाने हुँदा झापामा मानव हात्ती द्वन्द्व दिनानुदिन बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ