arrow

युक्रेनमा आणविक सुरक्षा जोखिमप्रति आईएईए प्रमुखको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
ukr-neculear.jpg

काठमाडौं ।  अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए) का महानिर्देशक राफाएल मारियानो ग्रोसीले युक्रेनमा आणविक सुरक्षासम्बन्धी खतरा अझै पनि विद्यमान रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। युक्रेनको सञ्चार संस्था टीएसएनले बुधबार यसबारे जानकारी दिएको हो।

मङ्गलबार युक्रेनको भ्रमणका क्रममा ग्रोसीले भने, "आणविक सुरक्षासम्बन्धी जोखिमहरू अझै पनि वास्तविक छन् र सधैँ रहने खालका छन्।" उनले यस्ता दुर्घटना रोक्न आईएईएको उपस्थितिलाई अत्यावश्यक बताए।

ग्रोसीले युक्रेनमा रहेका आणविक ऊर्जा केन्द्रहरूमा आईएईएको स्थायी निगरानी रहनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। यसबाट सम्भावित ठूलो दुर्घटनाबाट जोगिन सकिने विश्वास उनको छ।

स्मरण रहोस्, विगतमा सन् १९८६ अप्रिल २६ गते चर्नोबिलस्थित आणविक केन्द्रको चौथो भागमा भएका विस्फोटहरूका कारण ठूलो दुर्घटना भएको थियो। सो दुर्घटनाबाट निस्किएको विकिरण युक्रेन हुँदै युरोपका अन्य राष्ट्रहरूमा समेत फैलिएको थियो। यो दुर्घटना इतिहासकै सबैभन्दा भयावह आणविक दुर्घटनामध्ये एक मानिन्छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ