पोखरा । गाेरखाबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का २४ वर्षीय सरोज पौडेल छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा गम्भीर घाइते पौडेलको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार दिउँसो ३ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीस्थित पृथ्वीराजमार्गमा ग१ख ९३९९ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको पौडेल सवार ग१७प ५१४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ ।
बस चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं १० का ३४ वर्षीय तारापति शर्मालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।