arrow

पूर्वाधार विकास समितिको बैठक बस्दै: वर्षायाममा सडक र पूर्वाधारको सुरक्षामा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं । आज (मंगलबार) पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठक बिहान ८ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु हुनेछ।

बैठकमा मुख्यगरी वर्षायामको पूर्वसन्ध्यामा देशभरका सडक सञ्जाललाई सहजरुपमा सञ्चालन गर्ने वातावरण बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वतयारीबारे छलफल हुनेछ।

यसैगरी, वर्षातका कारण सहरी विकास मन्त्रालयअन्तर्गतका स्थानीय सडक, पुल र बेली ब्रिज लगायतका पूर्वाधारहरूमा हुन सक्ने क्षति न्यूनीकरणका लागि सहरी विकास मन्त्रालयको पूर्वतयारी सम्बन्धमा पनि छलफल हुने कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ