arrow

गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी, संसद अवरोध कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
three-party-meeting-82-2-19.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ। सिंहदरबारमा बसेको तीन ठूला दलका शीर्ष नेताहरूको बैठकपछि माओवादीले आफ्नो अडान नछोडेको प्रष्ट पारेको हो।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको बताए । उनका अनुसार, बैठकमा राजावादीहरूको बढ्दो सक्रियता र संसदको गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो।

पाण्डेले सत्तारुढ दलहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै संसदको कारबाही अगाडि बढाउनुपर्ने कुरा राखेको जानकारी दिए। माओवादीले भने गृहमन्त्रीको राजीनामा माग कायमै राखेको र अन्य प्रतिपक्षी दलहरूसँग छलफल गरेर थप निर्णय लिने पाण्डेको भनाइ छ।

"बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो। अर्को, प्रतिगामीहरूको जुन किसिमको गतिविधिहरू भइरहेका छन् तिनका बारेमा पनि कुराहरू भए," पाण्डेले भने, "संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल मात्रै भयो, ठोस निर्णय भएको छैन। सकारात्मक रूपमा छलफल अगाडि बढाउने कुरा पनि भएको छ। हामीले प्रतिपक्षीहरूसँग पनि कुराकानी गर्नुपर्नेछ। सत्तापक्षबाट संसद खोल्नुपर्छ भन्ने विषयवस्तु आयो। गृहमन्त्रीज्यूले पनि राजीनामा होइन अब संसद खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो। हामीले सुशासनको विषय महत्त्वपूर्ण हो भनेर राख्यौँ। अरु नयाँ विषयवस्तुमा केही छलफल भएन।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ