काठमाडौं । आज (सोमबार) एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन्। यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ।
अर्थ समिति:
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ।
कानून, न्याय तथा मानव अधिकार समिति:
त्यस्तै, बिहान ११ बजे नै कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। यस बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुने कार्यसूची रहेको छ।
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति:
बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्नेछ। यस बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ।
विधायन व्यवस्थापन समिति:
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ।