arrow

यादव मलेसियामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
upendra-yadhav.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया प्रस्थान गरेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार आयोजना हुने नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताका रुपमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादव जसपा नेपालको प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठन कार्यक्रममा पनि सहभागी हुनेछन् । 

अध्यक्ष यादव नेतृत्वको टोली यही जेठ २० गते स्वदेश फर्किने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ