arrow

किसानलाई सहुलियतमा धानको बीउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
rampur nagarpalika.jpg

पाल्पा । सहुलियतमा धानको बीउ पाएपछि पाल्पा रामपुर नगरपालिकाका किसानलाई राहत मिलेको छ । 

कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधानको एक हजार तीन सय किलो बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको जानकारी दिए । 

नगरपालिकाले अग्रिम सूचना जारी गरी किसानको मागका आधारमा सात सय १५ किसानलाई २१ हजार नौ सय ९८ किलो बीउ उपलब्ध गराइएको गैरेले बताए ।  

नगरप्रमुख रमणबहादुर थापाले कृषि उत्पादन बढाउन धान, मकै र गहुँलगायत बालीमा अनुदानका कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । 

रामपुर उर्बरभूमि रहेकाले नगरपालिकाले कृषि उत्पादन वृद्धि गरेर आत्मनिर्भर बनाउन उत्पादनमूलक कार्यक्रम, विभिन्न उपकरण वितरण, तालिम, गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।  

यसरी अनुदानमा बीउ पाएपछि बजारबाट महँगो मूल्यमा धानको बीउ खरिद गर्नुपर्ने बाध्यता टरेको रामपुर-६ का विजयपुरका ओमप्रकाश रेग्मीले बताए । 

नगरपालिकाले ५० प्रतिशत अनुदानमा सावित्रीप्रति किलो रु ३४, रामधानर साँवामन्सुलीप्रति किलो रु ३७ का दरले उपलब्ध गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ